समाचार
ललितपुरको एसएसपीमा शेखर खनाल
शुक्रबार, २० पुस २०८०, १९ : ४९

काठमाडौँ । ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल सरुवा भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।
बालकुमारीमा सुरक्षाकर्मीको दमनबाट दुई जनाको मृत्यु भएसँगै ललितपुरका प्रजिअ र एसएसपीलाई गृह मन्त्रालयले फिर्ता बोलाउने निर्णय लिएको थियो । पुस १३ मा रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा प्रहरीको दमनबाट दैलेख घर भएका सुजत रावत र अछामका वीरेन्द्र शाहले ज्यान गुमाए ।
सो घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी वरिष्ठ उपरीक्षक सिद्धिविक्रम शाहलाई गृह मन्त्रालयले फिर्ता बोलाएको थियो । शाहलाई फिर्ता बोलाएको एक सातापछि खनाल ललितपुरमा सरुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभावकारी बन्दै कर्णाली प्रदेश सभाः हिउँदे अधिवेशमै ७ ऐन निर्माण
-
आन्दोलनबारे पुनर्विचार गर्न शिक्षकहरुलाई संसदीय समितिको आग्रह
-
सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी
-
अस्पतालको शिलान्यास गर्दै ओलीले भने- निर्माणपछि भारतका जनतालाई समेत उपचार सुविधा दिन सकिन्छ
-
पेरुका राष्ट्रपतिको ‘रोलेक्सगेट’ काण्ड खारेज
-
जात्रामय भएको छ भक्तपुर, ९ दिने बिस्काको महिमा के छ ?