दुई पक्षीय सहमतिपछि अवरुद्ध गौर–चन्द्रपुर सडक खुल्यो
रौतहट । सडक विभाग र स्थानीयबिच सहमतीपछि दुई दिनदेखि अवरुद्ध गौर चन्द्रनिगाहपुर सडकखण्डमा यातायात सञ्चालन भएका छन् । सडक विभागले शनिबारदेखि बागमती नदीमा पुल निर्माण सुचारु गराउने प्रतिबद्धतासँगै गौर–चन्द्रपुर सडक खण्डको बम नहरमा अवरुद्ध सडक शुक्रबार दिउँसो १ बजेबाट सुचारु भएको हो ।
प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि दुर्गा भगवती, यमुनामाई, राजपुरका स्थानीयहरू गौर–चन्द्रपुर सडकखण्डको बम नहरको बाटो अवरुद्ध गरी धर्नामा बसेका थिए । सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखा लगायतका सम्बद्ध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले बागमती (बडहर्वा) पुलको निर्माण कार्यको एक्जेस्टिङ स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ देखि सुरु गरेर ७ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
यस्तै, पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्वारा अविलम्ब सुरुवात गर्ने, पुलको रिभ्युड डिजाइन ड्रइङ अविलम्व स्वीकृतिका लागि सडक विभागमा पेस गर्ने सहमति भएको थियो । गत बुधबारदेखि १५ दिनभित्र साइटमा निर्माण कार्य नभएमा तथा साइटमा मोविलाइज नभएमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने ६ बुँदे निर्णय भएको सडक विभागले जनाएको छ ।
शुक्रबार भएको दुईपक्षीय छलफलका क्रममा विभागको आधिकारिक निर्णयलाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहले वाचन गरेर सुनाएका थिए । उक्त अवसरमा प्रदेश सांसद तथा कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव, प्रदेश सांसद नागेन्द्र साह, रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक चन्दन झा, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, श्रीराम यादव, लगायत धर्नामा बसेका सयौँ स्थानीयवासीको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ अर्ब ७८ करोड तिरेर एक महिनामा साढे ७ खर्बको बीमा
-
दाङमा बस दुर्घटना, २१ जना घाइते
-
सन्तोषको शानदार बलिङ, नेपालसामु २ सय ३४ रनको लक्ष्य
-
जापानी कम्पनीले ल्यायो मान्छे धुने मेशिन
-
परराष्ट्रले गर्यो प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा
-
सामाजिक सदभाव र मर्यादामा आँच पुर्याउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी