जर्मन अस्पतालमा आगलागी : एक जनाको मृत्यु, कैयौँ घाइते
शुक्रबार, २० पुस २०८०, १५ : ४३

बर्लिन । जर्मनीको शहर उत्तरी वैल्जेनस्थित एक अस्पतालमा आगलागी हुँदा एक जनाको मृत्यु भएको तथा कैयौँ घाइते भएका स्थानीय प्रहरीले शुक्रबार जनाएको छ ।
“बिहीबार राति भएको आगलागीमा एक जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते र अन्य केही सामान्य घाइते भएका छन्,” स्थानीय प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार आगलागी राति १०ः४५ बजे भएको थियो । आपत्कालीन सेवाका कर्मचारीहरू आइपुग्दा तेस्रो तल्लामा आगो फैलिएको थियो भने तला धुवाँको मुस्लोले भरिएको देखिन्थ्यो ।
भवनबाट उद्धारको लागि याचना गरिरहेको सुनिएको थियो । आगो नियन्त्रणमा आउँदासम्म अस्पताल खाली गरिएको प्रहरीले जनाएको छ ।
अधिकारीहरूले आगलागीको कारणको बारेमा अनुसन्धान सुरु गरेका छन् । आगलागीमा दश लाख यूरोभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु