टाटा मोटर्स फन कार्निभल ३.० आयोजना आजदेखि सुरु
_bNYN71e2oA.jpg)
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन इभी र टियागो इभी लगायतका गाडीहरु साट्न सकिनेछ ।
ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीको भनाइ छ । आजदेखि सुरु भएको मेला पुस २२ गतेसम्म उपत्यकाभित्र टाटा मोटर्सको शोरुम थापाथली, वेष्टर्न मोटर्स् महाराजगंज , जे.बि. मोटर्स् बालकुमारी, सिप्रदी ट्रेडिङ. राधेराधे, भक्तपुर र उपत्यका बाहिर इटहरी र धनगढीमा हुनेछ ।
फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क रुपमा इभी गाडीहरुका लागि फास्ट चार्जर, १ वर्षको अटोप्लस इन्स्योरेन्स, १ वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । यस कार्निभलका मुख्य उद्देश्य भनेको ग्राहकवर्गलाई खेल तथा मनोरञ्जन मार्फत नौलो अनुभुति गर्दै गाडी किन्ने फरक एक्सपेरियन्स प्रदान गर्नु भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)