ईपीएस कोरिया शाखाको निर्देशकमा कँडेल नियुक्त
शुक्रबार, २० पुस २०८०, १४ : १६
_5xasihf8bm_DkXjQYG4uL.webp)
काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखा कार्यालयको निर्देशकमा मैयाँ कँडेल नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कँडेललाई ईपीएसको निर्देशकमा नियुक्त गरेको हो । निर्देशक नियुक्त भएसँगै उनी कार्यभार सम्हाल्न ईपीएस कार्यालय पुगेकी छिन् ।
वैदेशिक रोजगार विभागका महानिर्देशन डण्डुराज घिमिरेले मन्त्रालयले कँडेललाई निर्देशकमा नियुक्त गरेसँगै कार्यालयमा हाजिर भइसकेको बताए ।
यसअघि ईपीएस कोरिया शाखाको निर्देशकमा रहेका गुरुदत्त सुवेदीलाई पुस १३ गते निलम्बन गरेको थियो । ईपीएस कोरियाका लागि आवेदन फारम भर्न पाउनुपर्ने माग राख्दै भएको आन्दोलनको क्रममा २ जनाको ज्यान गएको थियो । उक्त घटनापछि सरकारले निर्देशक सुवेदीसहितकालाई निलम्बन गरेको थियो ।
सुवेदी निलम्बनमा परेपछि निर्देशक पल खाली थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई जिल्ला अदालत रुपन्देही पुर्याइयो
-
रवि पक्राउ प्रकरण : मानव अधिकार आयोग जाँदै रास्वपा
-
मुम्बईलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने धुनमा बेंगलुरु
-
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-
चर्चित अस्ट्रेलियन महिला क्रिकेटर एस्ले गार्डनरले प्रेमिका मोनिका राइटसँग विवाह गरिन्
-
राप्रपा नेपालको कार्यसम्पादन समिति बैठक बस्दै