केएमसीमाथि दबाब : आन्दोलनको चेतावनी
काठमाडौँ । नेपाल चिकित्सक संघले काठमाडौँ मेडिकल कलेज (केएमसी) का आवासीय चिकित्सक डा. विशद दाहालमाथि लगाइएको निलम्बन तुरुन्त फिर्ता लिन माग गरेको छ ।
निलम्बन अविलम्ब फिर्ता लिएर अध्ययन अध्यापनका लागि अगाडि नबढाएको खण्डमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने संघले शुक्रवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अविलम्ब निलम्बन फिर्ता लिएर अध्ययन अध्यापनका लागि अगाडि नबढाएको खण्डमा आवासीय चिकित्सकका संघ संस्थाका प्रतिनिधिहरुसँग अझै थप छलफल गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुनेछौँ । यसको जिम्मेवार स्वयम् सरोकारवाला निकाय हुनुपर्ने जानकारी गराउँदछौ’, विज्ञप्तिमा उल्लेख छ
दाहालमाथि लगाइएको निलम्बन तुरुन्त फिर्ता लिई अध्ययन सुचारु गराउन संघले यसअघि नै अनुरोध गरेको भएपनि हालसम्म निलम्बन फिर्ता नहुनुले गम्भीर बनाएको विज्ञप्तिमा उल्लेख छ ।
यही क्रममा आज बसेको संघको आकस्मिक बैठकले निलम्बन फिर्ता लिन तथा चिकित्सा शिक्षा आयोग, काठमाडौँ विश्व विद्यालय लगायत सरोकारवालाहरूको कार्यदल बनाई स्वास्थ्य शिविर, शैक्षिक गतिविधि लगायत आवासीय चिकित्सकहरूले उठाएका जायज मागहरूलाई सम्बोधन गर्न माग गर्ने निर्णय पनि गरेको गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धि र रेखा अभिनित फिल्म ‘चेली’ सार्वजनिक
-
नेसपा नयाँ शक्तिको निर्वाचन प्रक्रिया दिउँसो ३ बजेपछि सुरु हुने
-
‘सक्ने भए मलाई रोकेर देखाऊ’ : मस्कलाई कसले भने यस्तो ?
-
आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै
-
तिरुपति प्रसाद काण्डमा चार मुख्य अभियुक्त पक्राउ
-
स्टील र आल्मुनियममा ट्रम्पले लगाए २५ प्रतिशत अतिरिक्त कर