शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

एमाले : राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनीबाट ६ जनाको सिफारिस

शुक्रबार, २० पुस २०८०, १२ : ५३
शुक्रबार, २० पुस २०८०

 बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

 प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ ,कृष्ण कुमारी गुरुङ बर्दिया, एकमाया विक बाँके,तुलसी के सी बाँके र शारदा शर्मा कपिलवस्तुलाई सिफारिस गरेको हो । 

 प्रदेश उपाध्यक्ष भोज  प्रसाद श्रेष्ठले ६ जना समावेशी नबाएर आफूहरूले सिफारिस गरेको बताउँदै त्यसमध्ये बाट २ जनालाई केन्द्रीय कमिटीले टिकट दिने रातोपाटीलाई बताए।  अन्य दलहरूले प्रदेशबाट सिफारिस यसअघि नै गरे पनि एमालेले अन्तिम समयमा गरेको हो । 

 लुम्बिनी प्रदेशमा दुई सिटको लागि निर्वाचन हुँदै छ । काँग्रेसकी अनिता देवकोटा र एमालेका कुमार दशौदीको समय अवधि सकिँदै छ । निर्वाचन अन्तर्गत पुस २३ गते  मनोनयनको तालिका सार्वजनिक गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप