त्रिवि उपकूलपतिको दौडबाट बाबुराम आउट !
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको चर्चा चलेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले समेत उनलाई त्रिविश्वविद्यालयको नेतृत्व दिन पाए राम्रो हुनेथियो भन्ने मनसाय राखेका थिए । त्यही आधारमा उनको चर्चा निकै चुलिएको थियो ।
तर, उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको सूचनाका आधारमा उनी आउट भएका छन् । उपकूलपतिका लागि विश्वविद्यालयको पदाधिकारी भएर तीन वर्ष काम गरेको हुनुपर्ने छ । बाबुरामले कुनै पनि विश्वविद्यालयका पदाधिकारी नभएकाले उनी यो दौडबाट बाहिरिन पुगेका हुन् ।
उपकुलपतिका तोकिएको मापदण्डमा विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिन समेत) हुनुपर्नेछ । यससँगै अब त्रिविको उपकुलपति नेपालका कुनै पनि विश्वविद्यालयका पदाधिकारीहरूबाट नै हुनेछन् ।
शिक्षाविद् डा. विष्णु कार्कीले त्रिविको नेतृत्व विश्वविद्यालयका पदाधिकारीबाहेक अन्यलाई हुनबाट रोक लगाएको बताए ।
‘एउटा गाँठो फुकाउने काम गरे । तर, यसको रुट हो नी त्यो जरो उखेल्ने काम कसैले गरेनन् । जरो भनेको त कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री हुनु जरुरी छ र भन्या ? जबसम्म कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री हुनबाट रोकिदैन। तबसम्म विश्वविद्यालय राजनीतिबाट टाढा जादैन’ उनले भने ।
यो मापदण्डले विश्वविद्यालयका पदाधिकारीबाहेक अन्यलाई आवेदन दिन पाउनबाट वञ्चित गराएको बताए । ‘भिसी हुनको लागि पदाधिकारी नै हुनुपर्छ । विश्वविद्यालयका पदाधिकारीहरू कुनै न कुनै राजनीतिक दलका नेता कार्यकर्ता नै हुन् । उनीहरूलाई मात्र दिन पाउने भनेपछि विश्वविद्यालयलाई कसरी राजनीति मुक्त गर्न खोजियो भन्ने ?’ उनले प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलरको भाउ स्थिर, अन्य कसको मूल्य कति ?
-
पाँच महिनामा ५५ गर्भवती र सुत्केरीको उद्धार
-
ला लिगामा बार्सिलोनालाई धक्का, सेल्टा भिगोले बराबरीमा रोक्यो
-
लुम्बिनीलाई मुक्तिनाथसँग जोड्यो कालीगण्डकी करिडोरले
-
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजमा एमबीबीएस पठनपाठनको तयारी
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे