दीपकराज गिरी लेख्छन्– ‘नेपालको वर्तमान अवस्थाको मुक्ति भारतसँगको स्पष्ट र मजबुत दोस्ती’
शुक्रबार, २० पुस २०८०, १२ : १७
काठमाडौँ । हास्य कलाकारबाट फिल्म अभिनेता बनेका दीपकराज गिरी समसामयिक विषयमा टिका टिप्पणी गर्न माहिर छन् । देशको राजनीतिक, आर्थिक होस् वा सामाजिक विषयमा उनी बेलाबेलामा टिप्पणी गर्छन् ।
जसको चर्चा पनि राम्रै हुने गरेको छ । कतिपय अवस्थामा उनी टिप्पणीमार्फत विषयमा व्यङ्ग्य प्रहार गर्छन् भने कतिपय अवस्थामा समाधान सुझाउँछ ।
शुक्रवार उनले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा भने भारतसँगको समस्याको समाधान सुझाएका छन् । उनले नेपालको वर्तमान अवस्थाको समाधानको एक मात्र विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती भएको सुझाएका हुन् ।
उनले लेखेका छन्– ‘धेरै भो राष्ट्रवादी भएको आज अलिकता राष्ट्रघाती बनौँ है ? नेपालले वर्तमान अवस्थाबाट मुक्ति पाउने एक मात्रै विकल्प भारतसँगको स्पष्ट र मजबुत दोस्ती नै हो ।’ दीपकको यो पोस्टमा धेरैले प्रतिक्रिया जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्लोबल आइएमई बैंकले ह्याकाथन आयोजना गर्ने
-
ऊर्जामन्त्री खड्काद्वारा शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ
-
डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ
-
समितिमा रहेका विधेयक चैत मसान्त भित्रै प्रतिनिधि सभामा पेस गर्न अर्थमन्त्री पौडेलको आग्रह
-
स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
चिकित्सक र नर्सको पारिश्रमिक बढाउने तयारी