आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

शुक्रबार, २० पुस २०८०, ११ : ४०
शुक्रबार, २० पुस २०८०

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को वित्तिय कारोबार र नाफाबाट आफ्ना सेयरधनी लगानीकर्तालाई लाभांश नदिने भएको छ । २०८० पुस १९ गते राजधानीमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट नगद तथा बोनस कुनैपनि लाभांश नबाढ्ने निर्णय गरेको हो । 

तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तीनवटा कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बनेको थियो ।

उक्त तीनवटै कम्पनीको अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको हो । उक्त जानकारी कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप