घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार
काठमाडौँ । प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे र वरिष्ठ साहित्यिक पत्रकार रुक्मिणी श्रेष्ठलाई दिने निर्णय गरेको छ । प्रतिष्ठानको हालै बसेको बैठकले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार वरिष्ठ साहित्यिक पत्रकार घिमिरे र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको हो ।
सात दशकदेखि साहित्यिक पत्रकारितामा निरन्तर योगदान गर्दै आएका घिमिरेले २०१८ साल ज्येष्ठ २ गतेबाट रचना साहित्यिक द्वैमासिक पत्रिकाको सम्पादक र प्रकाशक रही साहित्यिक पत्रकारिता यात्रारम्भ गरेका थिए । रचना अहिलेसम्म पनि निरन्तर प्रकाशित भइरहेको छ ।
यसैगरी प्रज्ञा–प्रतिष्ठानले पाँच दशक साहित्यिक पत्रकारितामा समर्पित श्रेष्ठ नेपाल भाषामा प्रकाशित हुँदै आएको ‘थौंकन्हे’ साहित्यिक मासिकमा २०४५ सालदेखि आबद्ध रहेकी छन् । दुवै पुरस्कारको राशि जनही रु ५०,००० (पचास हजार) रुपैयाँ रहेको छ । पुरस्कार २०८० साल पुस २९ गते आइतबार प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
-
स्थानीय तह उपनिर्वाचन हुने स्थानमा मंसिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस
-
स्वर्णलक्ष्मीबाट पूर्व डीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो
-
२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह