मुकेश अम्बानीलाई उछिनेर पुनः एसियाकै सर्वाधिक धनी बने गौतम अदानी

नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ ।
बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा १२ औं स्थानमा पुगेका छन् । अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए । गएको २४ घन्टामा अम्बानीको नेटवर्थ ६६ करोड ५० लाख डलरले बढेको छ ।
अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको शेयरमा व्यापक कमी आएको थियो । समूहले ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो । पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको भएपनि प्रभाव सकिएको थिएन । यो विषयमा अदानी समूहले हिन्डेनबर्गमाथि मुद्दानै हालेको थियो ।
सर्वोच्च अदालतले यस मामिलामा आफ्नो फैसला सुनाएपछि अदानी समूहको शेयरमा व्यापक वृद्धि देखिएको छ । यस्तोमा कम्पनीको बजार पूँजीकरणसँगै अदानीको सम्पत्ति पनि बढिरहेको छ । यस मामिलामा सर्वोच्च अदालतले सेबीको जाँचलाई सही बाटोमा रहेको बताएको थियो ।
२-४ मामिलामध्ये बाँकी रहेको २ मामिलामा पनि छानबिन गर्न अदातलले सेबीलाई ३ महिनाको समय दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु