भारतसँग राष्ट्र हित विरोधी सम्झौता भयो : झलनाथ खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतसँग राष्ट्रियताविरोध सम्झौता भएको आरोप लगाएका छन् । हिजो नेपाल(भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भएका चार सम्झौतामध्ये उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजनाको नाममा आश्चर्यजनक सम्झौता भएको भन्दै उनले आपत्ति जनाएका छन् ।
उनले भनेका छन्– 'सम्झौता बमोजिम अब देखि छिमेकी भारतको नेपाल स्थित राजदूतावासबाट २० करोडका योजनाहरू नेपालभरि सोझै बाँड्न र लागू गर्न सक्नेछ । एउटा सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता हो ।गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीहरूलाई स्तब्ध आश्चर्यचकित र क्रुद्ध बनाएको छ । '
खनालले थप भनेका छन्–'यो लापरबाहीपूर्ण र राष्ट्र हित विरोधी सम्झौता मात्र होइन, यो नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकार माथि नै खेलबाड समेत हो । म यस सम्झौताको सम्पूर्ण देशभक्त नेपाली जनताको तर्फबाट कडा शब्दमा विरोध गर्न चाहन्छु ।'
यो सम्झौतालाई तुरुन्त रद्द गरी नेपाली जनताका सामु माफी माग्न समेत उनले सरकारसँग माग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
सरकारले भन्यो, ‘फास्ट ट्र्याकबाट विद्यालय शिक्षा विधेयक ल्याउँछौँ, शिक्षकहरु काममा फर्कनुस्’
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास