नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबिच सम्झौता
शुक्रबार, २० पुस २०८०, ०६ : ४८

काठमाडौँ । नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टीकापुर, कैलालीबिच सेवामा छुट दिने विषयमा समझदारी भएको छ ।
नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतामा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्यायले हस्ताक्षर गरेका थिए । कार्यक्रममा अस्पतालका तर्फबाट श्री कृष्ण प्रसाद उपाध्याय तथा बैकका कर्मचारीहरूको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमारमा गएको भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
तीनकुने घटनापछि प्रहरी हेडक्वार्टरले मगायो उपत्यका बाहिरको फौज
-
गुजरातद्वारा मुम्बईसामु जितका लागि १ सय ९७ रनको लक्ष्य प्रस्तुत
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो