निर्देशक लामिछाने भन्छन्–‘चित्रा’ फिल्मी शैलीमै बनाएको छु
काठमाडौँ । फिल्म ‘चित्रा’ पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्म पहिले बाबु छोरीको कथा भनिएको थियो । तर बुधबार सार्वजनिक ट्रेलर हेर्दा फिल्मले धेरै विषय बोकेको अनुमान लगाउन सकिन्छ ।
निर्देशक घनश्याम लामिछाने पनि ‘चित्रा’ले बाबु छोरीको कथामात्र नभएर धेरै विषय समेटिएको फिल्म भएको बताउँछन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक लामिछानेले आफ्ना अघिल्ला फिल्म भन्दा ‘चित्रा’ फिल्मी शैलीमै निर्माण भएको धारणा राखे ।
‘मेरो अगाडिका फिल्महरु नाटकीय र आर्ट शैलीको भयो भन्ने प्रतिक्रिया आयो’, लामिछानेले भने, ‘‘चित्रा’बाट त्यो मुक्त हुन खोजेको छु ।’ यसअगाडि ‘धौली’ र ‘पञ्जैबाजा’ दिएका लामिछानेले निर्देशकको हिसाबमा पनि ‘चित्रा’ परिपक्क रहेको सुनाए ।
तपाईँको फिल्म न आर्ट, न नाटक के भन्ने ? पत्रकारको प्रश्नमा लामिछानेले पहिलाको फिल्म केही आर्ट र केही नाटकीय भएको स्विकार्दै ‘चित्रा’ भने कर्मसियल हिसाबले निर्माण गरेको बताए ।
‘चित्रा’ अभिनेता प्रमोद अग्रहरीको पनि मुख्य भूमिका रहेको छ । निर्माण युनिटले बाहिर ल्याएको प्रचार सामाग्री हेर्दा अग्रहरीको फिल्ममा नेगेटिभ भूमिका रहेको अनुमान गर्न सकिन्छ । अभिनेता अग्रहरीले भने फिल्म भित्र आफूले नेगेटिभ पात्रको भूमिका निर्वाह गरेपनि आफू भने सकारात्मक पात्र रहेको सुनाए ।
‘अभिनयमा पात्र नेगेटिभ भए मेरो अभिनय र गेटअप पनि त्यस्तै हुन्छ’, अग्रहरीले भने, ‘त्यो नेगेटिभ क्रियाकलाप पात्र अभिनयसँगै सकिन्छ ।’ चित्रामा आफूलाई रिसाहा र खतरनाक पात्रको रुपमा देख्न सकिने अग्रहरीको भनाइछ ।
निर्माता समेत रहेका अभिनेता सन्तोष अधिकारीको यो डेब्यु फिल्म हो । ‘चित्रा’मा मुख्य क्यारेक्टर बाबुको भूमिका आफूले निर्वाह गरेको उनले बताए । ‘फिल्ममा रहेको मेरो बाबुको भूमिकाले धेरैको प्रतिनिधित्व गर्छ’, अधिकारीले भने ‘धेरै पहिलेदेखि अभिनयमा आउने रहर भएपनि उचित फिल्मको खोजीमा थिए । त्यो यही हो ।’ फिल्ममा छोरीबाट आफ्नो सपना देख्न बाबु समेत आफू भएको अधिकारीले सुनाए । ‘फिल्मले बाबु छोरीको कथाको अलावा इगो र पारिवारिक कथा समेत पेस गर्छ’ उनले थपे ।
फिल्ममा सन्तोष र प्रमोदको अलावा अर्पण थापा, मेनुका प्रधान, सुभेक्षा खड्का, प्रकाश घिमिरे लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब धरहरा चढ्न दुई सय रुपैयाँ शुल्क लाग्ने
-
राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
-
निर्यात बढेपछि घट्यो देशको व्यापार घाटा
-
आज राजधानीमा नेकपाको जनसभा : विप्लवले सम्बोधन गर्ने
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?