स्पेनको इबेरियाद्वारा ४०० भन्दा बढी उडान रद्द

मेड्रिड । आफ्ना ग्राउन्ड सर्भिस कर्मचारीहरूको चार दिने हडतालका कारण स्पेनी एयरलाइन इबेरियाले चार सयभन्दा बढी उडान रद्द गरेको छ । मुलुकको प्रमुख बिदा एपिफेनीको पूर्वसन्ध्यामा एयरलाइन्सको उडान रद्द शुक्रबारदेखि सुरु हुनेछ ।
स्पेनको युजिटी तथा सिसिओओ युनियनहरूसँगको वार्ता बिना कुनै सम्झौता बुधबार राति समाप्त भएपछि इबेरियाले एक विज्ञप्तिमा भनेको छ, “उडानहरू रद्द हुँदा एयरलाइनको कम लागतको इबेरिया एक्सप्रेस र यसको क्षेत्रीय एयरलाइन एयर नोस्ट्रमलाई पनि प्रभावित बनाउने छ, यसबाट ४५ हजारभन्दा धेरै यात्री प्रभावित हुनेछन् ।”
इबेरियाका कर्पोरेट निर्देशक जुआन सिएर्कोले हडतालबाट यात्रीहरूलाई ‘धेरै महत्त्वपूर्ण’ अवरोध हुने उल्लेख गर्दै अन्तिम समयमा रद्द गरिएको भए पनि उडानहरूलाई पुनःतालिका बनाउन असम्भव हुने बताए ।
स्पेनमा परम्परागतरूपमा क्रिसमस उपहार एपिफेनीको दिन अर्थात जनवरी ६ मा दिइन्छ । उक्त दिन इसाईहरू शिशु येशुसँग भेट गर्न तीन राजाले भ्रमण गरेको सम्झना गर्छन् । यसको एक रातअघि पूरै देशमा रङ्गीन परेड आयोजना गरिन्छ ।
धेरै स्पेनीहरू बिदाका लागि आफ्ना परिवारका साथ भ्रमण गर्दछन् । यसलाई थ्रि किङ्गस डेका रूपमा पनि जानिन्छ ।
ब्याग ह्यान्डल गर्ने पनि समावेश भएका इबेरियाका ग्राउन्ड सर्भिस कर्मचारीहरूले राज्य नियन्त्रित विमानस्थल सञ्चालक एनाले नयाँ प्रदायकहरूसँग हस्ताक्षर गरेको सम्झौताको विरोध गरिरहेका छन् ।
नयाँ प्रदायकहरूले इबेरियाका कर्मचारीहरूलाई कायमै राख्ने वाचा गरेका छन् तर उनीहरूको कामकाजी अवस्था बिग्रने डर युनियनहरूलाई छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा