नेपाल–भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता, अन्य के–के भयो ?

काठमाडौँ । नेपाल र भारतबिच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरको उपस्थितिमा ऊर्जा जलश्रोत तथा सिचाई सचिव गोपालप्रसाद सिग्देलले र भारतको विद्युत् मन्त्रालयका सचिव पंकज अग्रवालले बिहीबार नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार आपसी हित हुने गरी नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्न आवश्यक कदम चाल्ने, क्षेत्रीय व्यापारलाई वृद्धि गर्ने र दुई मुलुकबिच विद्यमान, कार्यान्वयनमा रहेका र प्रस्तावित अन्तरदेशिय प्रसारणलाई उपयोग गरिने छ । यस्तै जलविद्युत आयोजनाको विभिन्न खण्डमा नेपाल र भारतको लगानी बढाउन उल्लेख छ ।
यस्तै नेपाल र भारतबिच अन्तरदेशिय प्रसारण लाइन आयोजनाको विकास यथाशीघ्र गरिने जनाइएको छ ।
सम्झौतामा भनिएको छ, 'दुवै पक्षबिच विद्युत् निर्यातको परिमाण १० वर्षमा १०,०००(दश हजार) मे.वा. सम्म पुर्याउने तथा यसको लागि आवश्यक विद्युत् उत्पादन तथा प्रसारण संरचनाहरुको निर्माण र विकास गरिने छ । यस सम्झौताको अवधि २५ वर्ष रहेको छ र सम्झौता प्रत्येक १० वर्षमा स्वतः नवीकरण हुनेछ । यस सम्झौता बमोजिम सम्झौताको अवधि वा द्विपक्षीय व्यापारको परिमाण थप गर्नु परेमा प्रसारण लाइनको क्षमताको आधारमा कुनै पक्षले पेस गरेको प्रस्तावको आधारमा नेपाल भारत विद्युत् क्षेत्रको सहकार्यको लागि गठित (Steering Committee/Joint Working Group) ले गरे बमोजिम हुने छ ।'
यस्तै परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस जयशंकरले कुशाहा–कटैया १३२ केभीको सेकेण्ड सर्किट, परवानीपुर–रक्सौल १३२ केभी सेकेण्ड सर्किट र मैनहिया–न्यू नौतनवा १३२ केभी प्रसारण लाइनको उद्घाटन पनि गरेका छन् ।
यस्तै नविकरणीय ऊर्जाको विकास र ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल बिद्युत् प्राधिकरण र एनटिपीसी भारतबिच पनि सम्झौता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु