सरकारले मानव विकास सूचकांकमा पछाडि परेका समुदायलाई अगाडि बढाउन प्रयास गर्नेछ : मन्त्री आचार्य

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकारले मानव विकास सूचकांकमा पछाडि परेका समुदायलाई अगाडि बढाउन प्रयास गर्ने बताएका छन् ।
बिहीबार मुस्लिम आयोगले आयोजना गरेको मुस्लिम महिलाको उत्थान एवं विकासमा आयोगको भूमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री आचार्यले मानव विकास सूचकांकमा पछि परेका जातजाति र समुदायलाई अगाडी बढाउन सरकारको प्रयास रहने बताएका हुन् ।
उनले तल परेका वर्ग र समुदायको उत्थानले देशको विकासमा ठूलो टेवा पुर्याउने बताए । उनले मुस्लिम महिलाहरुमा शिक्षाको कमी रहेको उल्लेख गर्दै समाज परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले मुस्लिम समुदायको उत्थानका लागि सरकारले गर्नुपर्ने कामहरुको सुझाव माग्दै सुझाव अनुसारको काम सरकारले गर्ने पनि बताए ।
मन्त्री आचार्यले नेपाल गरिब देश नभएको बताए । नेपाल गरिब नभएर नेपालीहरुको मानसिकता मात्रै गरिब भएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ ‘नरसिंहाः अवतार’ मा नीति शाहको लुक्स
-
कर्फ्युअघि पर्सामा ७० राउण्ड अश्रुग्यास प्रहार, २ राउण्ड हवाइ फायर
-
२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास