हुलाकमार्फत मन्त्री किरातीविरुद्ध जाहेरी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी निवेदन परेको छ । बिहीबार मन्त्री किरातीविरुद्ध ध्रुवराज लुईटेलले हुलाकमार्फत जाहेरी दिएका हुन् ।
मन्त्री किरातीले धार्मिक भावनामा आँच पुर्याएको भन्दै उनले जाहेरी दिएका छन् । मन्त्री किरातीले पुस ४ गते क्रिश्चियन मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो संविधान मान्दिन भन्ने देशद्रोही हुन् भन्दै देशद्रोहीलाई हतकडी लगाएर जेल हाल्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।
मन्त्री किरातीले जात जाति सम्प्रदाय र वर्गको धार्मिक भावनामा आघात पुर्याएर क्रिश्चियन धर्मको प्रचार गरेको जाहेरीमा उल्लेख गरिएको छ । यस्तै मन्त्री किरातीले क्रिश्चियन धर्मको प्रचारक जस्तो बनी अन्य धर्मप्रति हेय तथा भेदभाव पुर्याएकाले उनलाई पक्राउ गरी ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गराउन माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ