बुधबार, २३ असोज २०८१
ताजा लोकप्रिय
अभिनन्दन

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा नागरिक अभिनन्दन

बिहीबार, १९ पुस २०८०, १६ : ५२
बिहीबार, १९ पुस २०८०

रुपन्देही । पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।   पूर्व राजालाई शाहलाई आज स्थानीय नागरिक अभिनन्द समितिले विशेष अभिनन्दन गरेको हो । 

अभिनन्दन कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्व रानी कोमल राज्यलक्ष्मी र परिवारसहित सहभागी भएका छन् ।  अभिनन्दन कार्यक्रममा विभिन्न ठाउँबाट स्वतःस्फूर्त रूपमा सहभागी भएका नागरिक तथा विभिन्न सङ्घ संस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका छन् ।

नागरिक अभिनन्दन समारोह मूल आयोजक समिति भैरहवाका संयोजक डा.रामप्रसाद बस्यालले  जनताले राजालाई मुलुकको अभिभावकको रूपमा चाहेको बताए । देशको अवस्था धेरै बिग्रिएको बताउँदै उनले राजालाई सम्मानजनक रूपमा  देशको नेतृत्वमा रहेको जनताले हेर्न चाहेको बताए । अभिनन्दन समारोहमा ‘राजा आऊ, देश बचाउ’ भन्ने लगायतका नारा लगाइएको थियो ।  

शाहलाई यसअघि नवलपरासीको बर्दघाटमा पनि सम्मान गरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप