मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट
काठमाडौँ । एक मेनपावर व्यवसायीमाथि निर्घात कुटपिट भएको छ । टोखा नगरपालिका–५ बसुन्धारास्थित अलर्ट ओभरसिजका सञ्चालक देवकुमार खोखालीमाथि कुटपिट भएको हो ।
आफ्नै कार्यकक्षमा रहेका बेला पीडितको नाममा आएको समूहले उनीमाथि कुटपिट गरेको छ । पीडित संघको नाममा आएको समूहले गम्भीर घाइते हुनेगरी कुटपिट गरेको व्यवसायीहरूले बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले पीडितको नाममा आएका गुण्डाहरूको समूहले कुटपिट गरेको बताए । कुनै समस्या आए व्यवसायीबाट कुनै गल्ती भएमा त्यस उपर वैदेशिक रोजगार विभागमा उजुरी गर्ने, क्षतिपूर्ति दिनुपर्ने भए दिने, कामदार झिकाउने लगायतका काम गर्नुपर्नेमा गुण्डाहरू ल्याएर कुटपिट नै गरिएको बताए ।
पीडित संघ नामक वैदेशिक रोजगार ऐन कानुनले नचिनेको संस्थाको अध्यक्ष तथा प्रतिनिधि हुँ भन्दै आएका व्यक्तिहरूले कुटपिट गरेको उनको भनाई छ ।
यसअघि केही समय अगाडि वैदेशिक रोजगार विभाग परिसरभित्रै अर्का व्यवसायीमाथि समेत कुटपिट भएको थियो ।
आफ्ना व्यवसायीहरूमाथि कुटपिट बढेको भन्दै संघले सुरक्षाको माग समेत गरेको छ । व्यवसायीमाथि आक्रमण गर्ने वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपाल नामक संस्थामाथि कानुनी कारबाहीको माग गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विद्यालाई बाटो खुला, बलात्कार आरोपीलाई उन्मुक्ति
-
ढल्कुबाट लागुऔषध एम्फेटामाइन आइससहित दुईजना पक्राउ
-
सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसदबाट पास गर्छौं : सञ्चारमन्त्री
-
एआईजी थापा इनसीबी कन्फरेन्समा सहभागी
-
मच्छेगाउँमा इनारमा खसेर एकजना घाइते
-
पश्चिम नवलपरासीमा वर्षौँदेखि खानेपानीका ५० वटा योजना अधुरै