शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

मेयर साहद्वारा ५० परिवारलाई ३० हजारका दरले चेक हस्तान्तरण

बिहीबार, १९ पुस २०८०, १४ : ००
बिहीबार, १९ पुस २०८०

रौतहट । मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहले ५० जना परिवारलाई जनही ३० हजारको दरले चेक हस्तान्तरण गरेकी छन् । रीना मेयर भएदेखि नै नगरपालिकाले ‘असहायके साथ मेयर कार्यक्रम’ सञ्चालन गर्दै आएको छ । 

जसअनुसार नगरपालिकाले गरिब समुदायका महिलाहरुको बिहेवारीमा परिवारलाई जनही ३० हजार रुपैयाँ अनुदान सहयोग गर्दै आएको हो । सोही कार्यक्रम अनुसार  बिहीबार ५० जनाका परिवारलाई रू ३० हजारको दरले अनुदान रकमको चेक हस्तान्तरण गरिएको साहले जानकारी दिइन् । 

 एक बिशेष समारोहबीच चेक हस्तान्तरण कार्यक्रममा लाभग्राहीहरुले खुसी व्यक्त गरेका थिए । 

 मेयर साहको पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गरेको नगरपालिकाले जनाएको छ । हालसम्म यो कार्यक्रमबाट सयौँ लाभान्वित भइसकेका छन् । यसैगरी नगरपालिकाले जनतासँग जोडिएर अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप