के ‘कौन बनेगा करोडपति’को १६औँ सिजनमा पनि हुनेछन् अमिताभ बच्चन ?

मुम्बई । अभिनेता अमिताभ बच्चन होस्ट रहेको क्विज गेम शो ‘कौन बनेगा करोडपति’को १५औँ सिजन सकिएको छ । गत २९ डिसेम्बरमा यो सिजनको अन्तिम भाग प्रसारण भयो । जसमा बच्चन निकै इमोशनल रुपमा प्रस्तुत भएका थिए ।
‘अब म जाँदैछु, र भोलिदेखि यो मञ्च अब सजिँदैन । भोलिदेखि म यहाँ आउन सक्दिनँ भनेर आफ्नालाई भन्न न मनले मान्दो रहेछ न हिम्मत नै आउँदो रहेछ । अहिलेको लागि म अमिताभ बच्चन यो मञ्चबाट अन्तिम चोटी भन्न चाहन्छु, शुभरात्री, शुभरात्री ।’
आँखा भरि आँसुसहित बच्चनले यो भन्दै गर्दा उनका फ्यान कन्फ्युजमा थिए । के बच्चन अब यो मञ्चमा देखिने छैनन् ? के अबको सिजन उनले होस्ट गर्दैनन् ? शो पनि बन्द हुनेछ ?।
शोसँग नजिक रहेका व्यक्तिका अनुसार बच्चन बिदाइ मन्तव्यमा निकै भावुक भएका थिए । त्यो समय उनी आफ्नो स्वास्थ्यलाई लिएर सोचविचार गरिरहेका थिए । उनलाई २०२४ मा यो शो आफू नै होस्ट गर्न सक्छु भन्ने आट आइरहेको थिएन ।
मेकर र च्यानल नयाँ शोमा पनि बच्चनलाई होष्ट ल्याउने तयारी गरिरहेका छन् । बच्चन बिना यो शो अधुरो रहेको छ । हरेक वर्षको जस्तै यो वर्षपछि शो अगष्ट सेप्टेम्बरमै सुरु हुनेछ ।
बच्चनले सन् २००० देखि यो गेम शो मार्फत टेलिभिजन यात्रा सुरु गरेका थिए । फिल्मको अलावा उनलाई फ्यानले यो शोमा पनि रुचाएका छन् । बच्चन छिट्टै केही फिल्ममा पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
-
प्रकृति लम्सालको मृत्यु प्रकरण : परराष्ट्रमन्त्री आरजुले गरिन् मुख्यमन्त्री माझीसँग फोनवार्ता
-
जिम्मेवारीमा रहेका नेताहरू कर्तव्यबाट भागेर पदको लडाइँमा मात्रै लाग्नु हुँदैन : एनपी साउद
-
झापामा सुनचाँदी र नगद चोरी
-
चार जना मृत फेला
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु