सन्तोषजनक काम नभएकाे भन्दै ९ कम्पनीसँग स्पष्टीकरण माग
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएको भन्दै विभिन्न नौवटा निर्माण कम्पनीलाई सातदिने स्पष्टीकरण सोधेको छ ।
स्पष्टीकरण मागिएका निर्माण कम्पनीमा पुष्पाञ्जली कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौँ, न्यू भेरी इन्जिनियरिङ वर्कसप सुर्खेत, आराभाली इन्फ्रापावर भारत नयाँदिल्ली, प्रनिश इन्टरनेशनल प्रालि काठमाडौँ, कोशी निर्माण सेवा काठमाडौँ, दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकोन प्राइभेट लिमिटेड, मामा भान्जा निर्माण सेवा उदयपुर, सत्यस्वरी कन्स्ट्रक्सन प्रालि काठमाडौँ र पाँचखाल कन्ट्रक्सन प्रालि काठमाडौँ छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णुप्रसाद शर्माले भने, “विभिन्न सार्वजनिक निकायबाट कालोसूचीमा राखिदिन सिफारिस भएपछि सुरुमा ३० दिनको मौका दिएर स्पष्टीकरण माग गरिएकामा त्यसको समयावधि पूरा गरेपछि अहिले थप सातदिने स्पष्टीकरण मागिएको हो, सात दिनमा पनि स्पष्टीकरण नआए कालोसूचीमा राखिने छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध