मन्त्री साउद र जयशंकरबिच के–के भयो कुराकानी ?

काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउद र भारतीय विदेश मन्त्री एस. जयशंकरको बिचमा आज भेटवार्ता भएको छ । नेपाल–भारतको संयुक्त आयोगको बैठकमा भाग लिन काठमाडौँ आइपुगेका मन्त्री जयशंकर र परराष्ट्र मन्त्री साउद बिच भेटवार्ता भएको हो ।
दुई जना मन्त्रीको बिचमा नेपाल र भारतको सम्बन्धलाई अझै उचाइमा कसरी पुर्याउने लगायतका विषयमा छलफल हुनुको साथै ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र विभिन्न समसामायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । मन्त्री जयशंकरसँग दुई देशको बिचमा कुराकानी गर्दा खुसी लागेको मन्त्री साउदले बताए ।
बैठकपछि आफ्नो सामाजिक सञ्जाल एक्समा छलफल भएको विषयलाई उल्लेख गर्दै मन्त्री साउदले आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा परिवहन, ऊर्जा र जलस्रोत तथा राजनीतिक लगायतका विषय विषयवस्तुमा कुराकानी भएको बताएका छन् । उनले आफूहरू बिचको भेटघाट पछि सातै सातौँ नेपाल–भारत संयुक्त आयोगको बैठक बसेको र त्यसमा पनि ऊर्जा, जलस्रोत, कनेक्टिभिटी, व्यापारलगायतको विषयमा छलफल भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिपरको ठक्करले मनाङमस्र्याङ्दी जलविद्युत् आयोजनामा चिनियाँ कामदारको मृत्यु
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा