नक्कली शैक्षिक प्रमाणपत्रधारी निगमका चालकविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । नेपाल वायुसेवा निगमका विमान चालक सम्राट बहादुर शाहको शैक्षिक प्रमाण पत्र नक्कली भेटिएपछि उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
२०७१ फागुन १० गतेदेखि जुनियर क्याप्टेन पदमा नियुक्ति भई आठौँ तहको क्याप्टेन पदमा बढुवा भएका चालक शाहीले बढुवा प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनले भारतको उत्तरप्रदेशस्थित सेकेन्डरी एजुकेशन काउन्सिल अन्तर्गत भिएसजे इन्टरकलेज गोरखपुर बाट प्रवीणता परीक्षामा प्रथम श्रेणी हासिल गरेको भन्दै झुट्टा प्रमाणपत्र पेस गरेको जनाइएको छ ।
आयोगमा उजुरी परेपछि छानबिन गर्दा शाहीले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको पुष्टि भएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी प्रवक्ता नरहरि घिमिरेले दिए । उनका अनुसार शाहीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजायको मागदावी लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमानको किरिया बसेकी महिलाको मृत्यु
-
नेपाल प्रहरी बन्यो च्याम्पियन
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता
-
ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित