चितवनका दुई पालिकामा समावेशी शिक्षा परियोजना

चितवन । जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।
परियोजना संयोजक सुमन पौडेलका अनुसार सबै बिद्यालयसँगको समन्वयमा परियोजनाले काम गर्दै आएको छ । उक्त परियोजनाले बुधबार आयोजना गरेको सञ्चारकर्मीसँग अन्तक्र्रिया कार्यक्रममा ती पालिकामा सातवटा स्रोत केन्द्र र तीनवटा विशेष विद्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ । परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गरिएको छ ।
परियोजनाले गाउँघरका ‘अटिजम’ भएर विद्यालय जान नसक्ने विद्यार्थीलाई विद्यालयसम्म ल्याउने काम गर्नाका साथै एक सय ४३ बालबालिकालाई सहायक सामग्री वितरण गरेको छ । चौतीस जटिल प्रकृतिका अपाङ्गता भएका बालबालिकालाई दैनिक क्रियाकलापमा सहज हुने सामग्री प्रदान गरिएको छ । सन् २०२२ देखि यस्तो काम गर्दै आएको सो परियोजनाले यो समयमा जिल्लाका एक हजार सात सय पाँच अभिभावकसँग सम्पर्क गरेको अवसरमा जानकारी दिइयो ।
समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम एक हजार एक सय १८ जनालाई प्रदान गरिएको र १७ अपाङ्गता भएका बालबालिकालाई सामाजिक सुरक्षा सेवामा पहुँच विस्तार गरिएको उनले जानकारी दिए । घरमा आधारित शिक्षा पाइरहेकामध्ये ३१ बालबालिकालाई विद्यालयमा भर्ना गरिएको राष्ट्रिय बहिरा महासङ्घ नेपालकी परियोजना संयोजक शर्मिला तामाङले जानकारी दिइन् ।
अहिले पनि समाजमा ‘अटिजम’ भएका बालबालिकालाई हेर्ने दृष्टिकोणमा फरक आउन सकेको छैन । जसका कारणले उनीहरूको परिवारसमेत समस्यामा परेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारलाई असफल बनाएर पठाउने छुट कसैलाई छैन : साउद
-
साँफेहाटबजार आगलागीबाट प्रभावितलाई प्रदेश सरकारद्वारा १० लाख सहयोग घोषणा
-
अछाम साँफेबगर हाटबजारमा आगलागी, ३ करोडभन्दा बढीको क्षति
-
दाइलाई भित्री वस्त्रमा हिँडेको देखेपछि पत्नीको हत्या
-
रिमालको ‘आमाको सपना’मा ‘त्यो’ आउनुको तात्पर्य
-
पोपको अन्त्येष्टिमा ट्रम्प र जेलेन्स्कीको तस्बिर सार्वजनिक