टी–२० विश्वकपको खेल तालिका सोमबार, नेपाली टोली भारत र पाकिस्तानको समूहमा पर्ने सम्भावना कम

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आगामी जुन ४ देखि ३० तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित २० राष्ट्रको सहभागिता रहने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आगामी सोमबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्ने भएको छ । प्रतियोगितामा सहभागी टोलीहरुलाई चार समूहमा विभाजन गरिने छ । प्रत्येक समूहमा पाँचवटा राष्ट्र रहने छन् ।
प्रारम्भिक चरणमा आफ्नो समूहमा रहेका प्रत्येक राष्ट्रले एकअर्कासँग एक–एक खेल खेल्नेछन् । त्यसपछि प्रत्येक समूहबाट माथिल्ला दुई टोली प्रतियोगिताको ‘सुपर आठ’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर आठ’ चरणबाट चारवटा टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यसपटक टी–२० विश्वकपमा नेपाली टोली भारत र पाकिस्तानको समूहमा पर्ने सम्भावना निकै कम रहेको समाचारमा जनाइएको छ । प्राप्त समाचार अनुसार, यसपटक भारतको समूहमा चिर प्रतिद्वन्द्वी पाकिस्तान, आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सीकोलाबाट ६० लाख लुटपाट, १३ जना पक्राउ
-
कनेक्ट आईपीएसजस्तै देखिने फेक यूआरएलबाट सावधान रहन आग्रह
-
त्रिविमा उपप्राध्यापक परीक्षाको रोचक नतिजा : २५ जना माग गरेकोमा ३ जना पास
-
तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार रजकको परिवारसँग लिङ्देनको भेट
-
‘अब मेरा पिताजी फर्केर आउनुहुन्न, त्यो हतियार अर्कोलाई नउठोस्’
-
अधिकार त्यसै प्राप्त भएको होइन संरक्षणमा गम्भीर बनौँ : उपप्रधानमन्त्री सिंह