एउटा सपनाको अन्त्य
बिहीबार, १९ पुस २०८०, १३ : ३०

छिमेकीको ठुलो घर छ
म पनि ठुलो घर बनाउँछु
उसको महँगो गाडी छ
म पनि महँगो गाडी चड्छु
साथीले महँगो गहना लगायो
म पनि महँगो गहना लगाउँछु
छिमेकीहरू सहरतिर बसाइँ सरे
सहरका झिलिमिलीमा रमाए
म पनि त्यहीँ जान्छु
म पनि त्यहीँ रमाउँछु ।
अहँ !
यस्ता कुनै सपना थिएनन्
सपना थियो त
केवल
पैसाको अभावमा बाले जस्तो मर्नु नपरोस्
आमाका आँखामा आँशुले बास नगरोस्
बिरामी हँुदा सिटामोल आफैँले किन्न सकियोस्
चुहिएको छानो मात्र टाल्न सकियोस्
यस्तो महँगीको मारमा
एक पेट सजिलै टार्न सकियोस्
भविष्य होइन
वर्तमानमा बाँच्न कष्टप्रद नहोस् ।
तर
सरकार
उजाडिदियौ
एउटा गरिबको सपना
दिउँसै
देशकै राजधानीमा
तातो गोली छातीमा उपहार दिएर
परिवारको एक आशाको त्यान्द्रोलाई
गल्र्याम्म ढलाएर
र तोकिदियौ मूल्य जनही दस लाख ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुलिसलाई हराउँदै आर्मी केपी ओली कपको सेमिफाइनलमा
-
महाशिवरात्रीको ट्राफिक व्यबस्थापनमा ८ सय ९०जना ट्राफिक प्रहरी खटिने, कहाँ-कहाँ छ पार्किङ सुविधा ?
-
ट्रम्पको कार्यकारी आदेशले यूएसएडका तीन कार्यक्रम रोकिए : अर्थ मन्त्रालय
-
बंगलादेशको एयरफोर्स बेसमा हमला, एक जनाको मृत्यु
-
हेरा फेरीको सिक्वेलसँग असन्तुष्ट थिए परेश रावल
-
मिसन इलाकातर्फ ११८ जना नेपाली शान्ति सैनिक