साउदीमा ठगी गर्ने गिरोह सक्रिय, सचेत रहन दूतावासको आग्रह

काठमाडौँ । साउदी अरबमा ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ । त्यस्ता गिरोहको फन्दामा नेपाली श्रमिकहरू समेत पर्न थालेका छन् । साउदी अरेबियाको आन्तरिक मन्त्रालयको कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हो । त्यस्ता गिरोहबाट सचेत रहन साउदीस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ ।
ठगी गर्ने गिरोहले फोन गर्ने र फोन मार्फत नै तपाईँको वासस्थानमा जनगणनाको सिलसिलामा आएकोमा भेट हुन नसकेको र वासस्थानको बाहिर अरेबिकमा सूचना राखिएकोमा तपाईँले त्यसको जवाफ नपठाएकाले साउदी कानुन अनुसार फोनबाटै आफ्नो विवरण अनिवार्य अद्यावधिक गर्नुपर्छ भनी कुरा गर्ने गरेको छ ।
त्यही आधारमा अकामा नम्बर माग्ने, एमएमएसबाट साउदीको आन्तरिक मन्त्रालयबाट आएको जस्ता बनाई फोनमा ओटिपी पठाउने, सो ओटिपी माग्ने र सबै विवरण अपडेट गर्नुपर्छ भनी सबै विवरण माग गर्दै बैङ्कमा भएको रकम लैजाने एवं आब्सर हात पारी अनेक खालका अवैध कारोबार गर्ने र सम्बन्धित व्यक्तिलाई फसाइदिने खालका संठगित अपराध र ठगीका घटना बढेको राजदूतावासले जनाएको छ ।
यस विषयमा साउदी अरेबियाको आन्तरिक मन्त्रालयले समेत कारबाही गरिरहेको राजदूतावासले जनाएको छ । कुनै पनि अनधिकृत व्यक्तिले फोनबाट वा अरु कुनै माध्यमबाट अकामा, आस्वर वा बैंक खाता÷कार्ड नम्बर वा ओटीपी मागेमा कुनै पनि हालतमा नदिन अनुरोध गरेको छ । त्यस्तो घटना थाहा पाएको खण्डमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत राजदूतावासले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवकको मुखमा प्रेमिकाको औँला फसेपछि....
-
मदनकृष्णले भने – एकछिन बत्ती निभ्दा सबैले कुलमानको नाम लिन्छन्, उनलाई हटाउँदा जनता खुसी छैनन्
-
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
-
साताको अन्तिम कारोबार : सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब
-
कुलमानपछि सर्वोच्चमा हितेन्द्रदेवको रिट पनि दर्ता
-
अपाङ्गमैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकता : मेयर महर्जन