म्युजिकबाट संन्यास लिँदै छिन् सेलेना गोमेज ?
लस एञ्जलस । इन्टरनेशनल सिंगर तथा अभिनेत्री सेलेना गोमेजले कयौं गित गाएकी छिन् । हालै उनले दिएको एउटा अन्तरवार्ता सुनेर चाँहि गोमेज स्थायी रूपमै म्युजिक करियर छाड्न तयार देखिन्छिन् भन्ने स्पष्ट भएको छ । उनी आफ्नो सारा ध्यान फिल्म र टिभी करियरमा लगाउन चाहन्छिन् । यस्तो लागिरहेछ कि यिनले म्युजिकबाट संन्यास दिने तयारी गरिरहेकी छिन् ।
गोमेजले हालै एउटा कुराकानीमा भनेकी थिइन्, ‘मलाई यस्तो लागिरहेछ कि मसँग अर्को एउटा एल्बम छ ।’ आफूले सायद अभिनयलाई रोज्ने अनि थाकेर लखतरान भएकोले अब आराम गर्न चाहेको पनि यिनको भनाइ छ । ‘मलाई यस्तो लाग्छ कि मसँग एक अर्काे एल्बम छ । तर म सायद अभिनयलाई रोज्नेछु ।’ गोमेजले भनिन् । जति जति आफ्नो उमेर बित्दै गयो, उति उति सेटल हुनका लागि केही त खोज्नु पर्यो भन्ने सोच उनमा हाबी बन्दै गएको देखिन्छ ।
आफ्नो करियरमा पप स्टार गोमेजले २०० भन्दा धेरै अवार्ड आफ्नो नाममा पारेकी छिन् । गोमेज पहिलो पटक १० वर्षको उमेरमा टिभी शो बर्नी एन्ड फ्रेन्ड्समा देखिएकी थिइन् । गायन र फिल्मी करियर दुबैलाई सँगसँगै लैजाँदा यसको असर आफ्नो स्वास्थ्यमा देखिन थालेको उनले बताइन् । स्वास्थ्य बिग्रिएर मानसिक अस्पतालमै जानु परेको अनि एउटा टूर क्यान्सल गरेको पनि उनको भनाई छ । सेलेनालाई पहिला देखि नै अभिनेत्री बन्नु थियो । गायिका बन्नेबारे उनले कहिले पनि सोचेकी थिइनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल