नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु : जयशंकर
बिहीबार, १९ पुस २०८०, ११ : ४०

काठमाडौँ । भारतीय विदेश मन्त्री एस.जयशंकरले आफू नेपाल भ्रमणमा आउँदा हर्षित भएको बताएका छन् । आज बिहान नेपाल आइ पुगेका मन्त्री जयशंकरले आफ्नो एक्समा लेखेका छन्, ‘सन् २०२४ को मेरो पहिलो भ्रमणको रूपमा नेपाल आउन पाउँदा अत्यन्तै हर्षित छु ।’
उनले आगामी दुई दिनसम्म चल्ने विविध कार्यक्रमका लागि आफू उत्साहित रहेको बताएका छन् । परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन आज नेपाल आइपुगेका मन्त्री जयशंकर भोलिसम्म विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी शुक्रवार नै भारत फर्किनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटरहरूले ओठ र अनुहारमा किन सेतो रङ लगाउँछन् ?
-
कपिलवस्तुबाट करिब १५ केजी चरेससहित ३ जना पक्राउ
-
निजी सम्पत्ति सार्वजनिक गर्न र सुविधा त्याग्न शीर्ष नेताहरूमाथि अर्को दबाब
-
लुम्बिनी प्रादेशिक अस्पताल एसएमएस मूल्याङ्कनमा उत्कृष्ट
-
के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु