कांग्रेस, एमाले र माओवादीको बैठक बस्ने तय

काठमाडौँ । राष्ट्रियसभाको सिट बाँडफाँटका लागि बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन चार दलबिच छलफल भएको हो ।
छलफलमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका शीर्ष नेता सहभागी थिए । गठबन्धनको बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारसँग एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलको बिफ्रिङ गरेका थिए । एमालेले राष्ट्रियसभामा ६ सिट माग गरेको बैठकमा प्रधानमन्त्री प्रचण्डले सुनाएका थिए ।
एमालेलाई समेटेर जाने कुरामा कांग्रेस र माओवादी सकारात्मक देखिएपनि एकीकृत समाजवादी र जसपाको विमति देखिन्छ । यद्यपि आज साँझ कांग्रेस, माओवादी र एमालेबिच राष्ट्रियसभाको सिट बाँडफाँटका विषयमा छलफल गर्न बैठक बस्दै छ । कांग्रेस नेता रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा सत्ता र प्रतिपक्ष सहकार्य गरेर जाने परिस्थिति बनेको बताए ।
‘बहुदलीय व्यवस्थामा प्रतिस्पर्धा कै व्यवस्था हो । तर, यो प्रतिस्पर्धासँग सँगै संवाद सहमति र सहकार्य पनि लोकतन्त्रकै एउटा स्वरुप हो । सत्ता र प्रतिपक्ष संवाद सहमति र सहकार्यका साथ जाने गरी कुरा भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल
-
आख्यानकार ध्रुवचन्द्र गौतमलाई ‘राष्ट्रिय लेखक पुरस्कार’ प्रदान
-
दिगो विकास लक्ष्य कार्यान्वयनका लागि असल अभ्याससँगै सुशासनमा ध्यान दिनुपर्नेमा जोड
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा : अर्थ मन्त्रालय र कर्मचारीबाट सहयोग भएन