गठबन्धनसँग एमालेले माग्यो राष्ट्रियसभाका ६ सिट

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रियसभाको माघ ११ गते हुने निर्वाचनमा ६ सिट मागेको छ । बिहीबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा एमालेले ६ सिट मागेको प्रधानमन्त्री प्रचण्डले ब्रिफिङ गरेका हुन् ।
‘एमालेले राष्ट्रियसभाका ६ सिट मागेको छ । शान्ति प्रक्रिया टुंग्याउन एमालेलाई पनि सहमतिमै लिएर जाउ भन्ने मेरो प्रयास हो, के गर्न सकिन्छ ?’, गठबन्धनको बैठकमा माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भनेका थिए ।
तर गठबन्धनमा रहेका अन्य दलले एमालेले पहिला पनि संसदीय समितिमा आफुले भाग पाए टीआरसी विधेयक अघि बढाउने बताएर २ वटा समिति दिएपनि पछि बहानावाजी गरेको बताएका थिए ।
यद्यपि चार दलबिचको एकतामा असर नगर्ने गरी राष्ट्रियसभामा एमालेलाई पनि सँगै लैजान सकिनेमा नेताहरूले जोड दिएका थिए ।
‘चार दलबिचको एकतामा आँच नआउने गरी र टीआरसी तत्काल पारित हुने गरी एमालेलाई पनि समेटेर लान सकिन्छ भन्ने कुरा भयो’, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले रातोपाटीसँग भने, ‘हिजो समितिका सभापति दिने सवालमा पनि दुईवटा सभापति टीआरसी बिल पारित गर्नका लागि भनेर दिइएको हो । तर त्यसपछि ओलीको भाषा फेरियो ।’
नेता पाण्डेले आजै कानुन समितिको बैठक बस्ने र त्यसमा एमालेको भाषा कस्तो आउँछ सोही अनुसार अघि बढ्ने गठबन्धनको तयारी रहेको पनि बताए । बालुवाटार बैठकमा प्रमुख प्रतिपक्ष दल राजनीतिक ढङ्गले उभिने हो वा सिट लेनदेन गरेर हात थापेर बाच्ने हो ? भन्नेबारे पनि गठबन्धनमा छलफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा रोमाञ्चक बराबरी : दुईपटक नेपालको कम्ब्याक
-
पाकिस्तानद्वारा भारतसामु जितका लागि २ सय ४२ रनको लक्ष्य प्रस्तुत
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग