सूर्य नेपालद्वारा डेडिकेटेड र ट्रंक लाइनको महसुल भुक्तानी, अब २ करोड ५० लाख बक्यौता

बारा । डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत सूर्य नेपालले नियमित रूपमा विद्युत् महसुल बुझाइरहेको जनाएको छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा ‘डेडिकेटेड र ट्रंक लाइन’ प्रयोग गरेबापत सूर्य नेपालले किस्ताबन्दीमा मासिक १२ लाख ५० हजार महसुल रकम बुझाउँदै आएको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर रुमेश रुपाखेतीले जानकारी दिए ।
‘डेडिकेटेड तथा टंक लाइन प्रयोग गरेबापत सूर्य नेपालको ६ करोड ५० लाख थियो, अहिले घटेर २ करोड ५० मा झरिसक्यो’ इन्जिनियर रुपाखेतीले भने ‘२०७८ साल साउनदेखि उहाँहरूले नियमित महसुल बुझाउँदै आउनु भएको छ ।’
सूर्य नेपालले अगामी आर्थिक वर्षसम्म बाँकी रकम बुझाइसक्ने प्रतिबद्धता जनाएको प्राधिकरणले जनाएको छ ।
डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने करिडोरको सबैभन्दा ठुलो जगदम्बा स्टिल्स प्रा.लि, जगदम्बा इन्टरप्राइजेज, अशोक स्टिल, हुलास स्टिल, हामा आईरन र बिरगञ्ज वितरण केन्द्र अन्तर्गतको त्रिवेणी स्पेनिङ मिल्सले विद्युत् महसुल बुझाएका छैनन् ।
‘अहिले बोर्डले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गर्ने उद्योगहरूले ६० किस्तामा तिर्ने भनेर निर्णय गरेपनि कुनै पनि उद्योग हाम्रो सम्पर्कमा आएका छैनन्’, सिमरा वितरण केन्द्र प्रमुख रुपाखेतीले भने ।
सिमरा वितरण केन्द्रको तथ्याङ्क अनुसार करिडोरको सबैभन्दा ठुलो उद्योग जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, अशोक स्टिलको ७८ करोड, हामा आइरनको ११ करोड ५० लाख, हुलास स्टिल्सको ४३ करोड र जगदम्बा इन्टरप्राइजेजको ४७ करोड ९८ लाख विद्युत् महसुल बुझाउन बाँकी छ भने वीरगन्ज वितरण केन्द्र अन्तर्गत रहेको त्रिवेणी स्पेनिङ्ग मिल्सको ८६ करोड ९० लाख रुपैयाँ बक्यौता रहेको जनाइएको छ ।
पछिल्लो समय नियमित विद्युत्त महसुल बुझाउने सूर्य नेपाल बाहेक हुलास स्टिल्स कम्पनीको अदालतमा मुद्दा भएकोले विद्युत् लाइन काटिएको छैन ।
हुलास स्टिल प्रा.लिको मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेकोले लाइन नकाटिएको प्राधिकरण सिमरा वितरण केन्द्रले जनाएको छ । अन्य उद्योगहरूको हकमा भने लाइन काटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ