अदालतबाट भागेका थुनुवा पक्राउ
बिहीबार, १९ पुस २०८०, ०९ : ५९

काठमाडौँ । काठमाडौँ जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका थुनुवा भक्तपुर स्थित जडिबुटीबाट पक्राउ परेका छन् । ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका सिन्धुपाल्चोकका कमल खड्का बुधबार भागेका थिए ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले खड्कालाई भक्तपुरबाट पक्राउ गरिएको जानकारी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले दिए । खड्कालाई प्रहरी वृत्त महाराजगन्जको टोलीले अदालतमा उपस्थित गराएको थियो ।
प्रहरीका अनुसार खड्काको डेरा भक्तपुरमा थियो । उनी डेरामा लुकेको खबर पाएपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले खड्काले लिएर गएको हतकडीसमेत बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलग हुँदै सबैभन्दा लामो चुम्बनको विश्व कीर्तिमान बनाएको जोडी
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
हङकङका अर्बपतिले पानामा नहरको बन्दरगाह अमेरिकी कम्पनीलाई बिक्री गर्ने
-
लक्ष्यअनुसार धान किन्न खाद्य कम्पनी असफल
-
हुन्डी कारोबारीले नेपाल ल्याउँदै गरेको २५ लाख रुपैयाँ बरामद
-
थापाथलीमा फुटेको खानेपानीको पाइप मर्मत सकियो