बंगलादेशका ६४ मध्ये ६२ जिल्लामा सेना परिचालन
बिहीबार, १९ पुस २०८०, ०९ : २१

काठमाडौं । बंगलादेशको आम निर्वाचन जनवरी ७ मा शुरु हुने भएकोले सुरक्षा सुनिश्चित गर्न र नागरिक प्रशासनलाई सहयोग गर्न देशका अधिकांश भागमा सेना परिचालन गरिएको छ । बुधवारबाट ६४ मध्ये ६२ जिल्लामा तैनाथ गरिएका सेना निर्वाचनका क्रममा शान्ति सुरक्षा कायम गर्न जनवरी २० सम्म रहनेछन् ।
अक्टोबरको अन्त्यदेखि बंगलादेशी विपक्षी दलहरूले सत्तारुढ बंगलादेश अवामी लीग (एएल) पार्टीको सरकारलाई सत्ता छोड्न र अर्को चुनाव निर्दलीय प्रशासनमा गराउन दबाब दिन लगातार नाकाबन्दी र हड्तालहरू गर्दै आएका छन् ।
प्रधानमन्त्री शेख हसिनाले बारम्बार सत्ता त्याग गर्न विपक्षीको आह्वानलाई अस्वीकार गर्दै देशको आगामी राष्ट्रिय निर्वाचनलाई जनताको इच्छा झल्काउने गरी स्वतन्त्र, निष्पक्ष र तटस्थ बनाउने आफ्नो वाचालाई दोहो¥याउनुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिराखेको ट्रकमा ठोक्कियो यात्रुवाहक बस
-
शिक्षकका माग सम्बोधन गर्नुपर्छ भन्ने मन्त्रीलाई पदबाट हटाइयो : सांसद शर्मा
-
शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता
-
शिक्षक आन्दोलनका क्रममा सरकारले दमन गरेको भन्दै विपक्षी दलको विरोध
-
क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
-
भ्रष्टाचार काण्ड लुकाउन राजावादीले आतङ्क मच्चाए भनिँदैछ : सांसद सिंह