रियलको अपराजित यात्रा जारी
![रियलको अपराजित यात्रा जारी](https://npcdn.ratopati.com/media/news/_132199986_antonio_rudiger_reuters_9da8EOR0IX.jpg)
मड्रिड । एन्टोनियो रुडिगरको एकमात्र गोलको मद्दतले ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले मायोर्काविरुद्ध संघर्षपूर्ण जीत हासिल गरेको छ ।
यसअघि मायोर्काका लागि एन्टोनियो सान्चेज र सामु कोस्टाले गरेको प्रहार रियलको पोस्टमा लागेको थियो । यी मिस पाहुना टोलीका लागि महँगो बन्यो । खेलको ७८ औँ मिनेटमा रुडिगरले लुका मोड्रिचको क्रसलाई हेड गर्दै बललाई जाली चुमाए ।
रियलले सबै प्रतियोगिताका पछिल्ला १८ खेलमा अपराजित रहेको छ । जीतपछि रियलले केही समयका लागि शीर्ष स्थानमा ३ अङ्कको अग्रता बनाएको थियो । तर, ९१ औँ मिनेटमा गरेको गोलको मद्दतले एट्लेटिको मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै जिरोनाले रियलसँगको अङ्क बराबरी गरेको छ ।
१९ खेलपछि रियल र जिरोना दुवैको ४८ अङ्क रहेको छ । रियल गोल अन्तरको आधारमा अघि रहेको छ । एट्लेटिको ३८ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारसँग ग्यासको गुणस्तर परीक्षण गर्ने ल्याब नै छैन, विस्फोट हुनबाट कसरी बच्ने ?
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष