व्यापारीलाई कुटपिट गरी दुई लाख चोरी
कपिलवस्तु - कपिलवस्तु नगरपालिका– ८ दोहनी चोकमा रहेको नवदुर्गा हार्डवयर पसलका मालिकलाई घर जाने क्रममा गए राति अज्ञात समुहले कुटपिट गरी उनको साथबाट नगद सहित सामग्री लुटेर लगेको छ ।
मायाँदेवी गाउपालिका–७ हरनामपुर घर भई हाल दोहनी चोकमा पसल गर्दै आएका ३० वर्षीय रजक चौधरी राति आठ बजे पसल बन्द गरी लु ३० प ७४५ नंको मोटरसाईकलमा घर जाने क्रममा कपिलवस्तु नगरपालिका–७ सेरहीमा लुटिएका हुन् ।
बिपरीत दिशाबाट आएको भारतीय नम्बरको मोटरसाईकल(हिरो होण्डा)मा सवार मुखमा माक्स लगाएका दुई जनाको समुहले उनलाई रोकी कुटपिट गरी उनको साथमा रहेको नगद दुई लाख र २ वटा मोबाईल लुटेर लगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कुटपिट गरी नगदसहित सामाग्री लुटेर उनिहरु दक्षिण तर्फ भागेको पिडित चौधरीले बताए । उनिहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते भएका चौधरीको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ