इलामको माङसेबुङमा दुई करोडको लागतमा सिँचाइ व्यवस्था
फिक्कल । इलामको माङसेबुङ गाउँपालिकामा रु दुई करोड १४ लाखको लागतमा चारवटा सिँचाइ कुलो निर्माण गरिएको छ । माङसेबुङ गाउँपालिका–१ का चारवटा टोलमा सिँचाइका निम्ति कूलो निर्माण गरिएका हुन् ।
गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा कुलो निर्माण गरिएको वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । कुलो निर्माण भएपछि एक सय ३७ किसान प्रत्यक्ष लाभान्वित भएका वडाध्यक्ष योङहाङले बताए ।
स्थानीय लम्फेवा खोलाबाट तीन वटा र फेवाखोलाबाट एउटा कुलो खनिएको हो । पाटीगाउँमा रु ४८ लाख, लम्फेवा खोलाबाट रु ४५ लाख लम्फेवा खोलाबाटै दोभान क्षेत्रमा रु ५३ र माङसेबुङ गाउँपालिका–१ र २ को सिमानामा पर्ने फेवा खोलाबाट तोभाङमा रु ६८ लाखको लागतमा कुलो निर्माण गरिएको हो ।
कुलो खन्न लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताबाट १० प्रतिशत योगदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस–युक्रेन युद्ध समाप्त हुने राम्रो सम्भावना छ : ट्रम्प
-
सर्लाहीमा बस दुर्घटना, १५ जना घाइते
-
अवैध हतियारसहित २ जना पक्राउ
-
सचिव भ्रष्टाचारी ठहर भएपछि प्रदेशसभाको कामु सचिवको जिम्मेवारी अमात्यलाई
-
जथाभाबी रुख काट्नेलाई कारबाही गर्न पोखराका संरक्षणकर्मीहरूको माग
-
भ्रमको खेती र वास्तविक तथ्य भन्दै शंकर पोखरेलले दिए विपक्षीलाई दोष