सम्झौता भएको तीन वर्षपछि पुल निर्माण थालियो
बुधबार, १८ पुस २०८०, २० : १४

उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ । निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो ।
एक सय ५० पचास मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुसी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले अब कुनै पनि बहानामा काम रोक्न नपाइने बताए । सरकारले विनियोजन गरेको रु १९ करोड १८ लाख ४१ हजार चार सयको लागतमा पुल निर्माण थालिएको हो ।
प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि पुलको शिलान्यास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना न्यूनीकरणको सन्देश फैलाउन ‘बिस्तारै स्कुटर चलाउने’ प्रतियोगिता
-
ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...
-
१० बजे १० समाचार : सांसदलाई ओलीको उपदेशदेखि पहलगाम हमलाको नेपालमा विरोधसम्म
-
देवकोटा साहित्य पुरस्कारबाट खतिवडा र विरही सम्मानित
-
तमोर नदीमा बगेर एक व्यक्ति बेपत्ता
-
जनसम्पर्क समिति विश्व सञ्जालको क्षेत्रीय पदाधिकारीहरुको घोषणा, कहाँ को ?