देवघाटको पर्यटन विकासमा सघाउने अध्यक्ष तिमिल्सिनाकाे प्रतिबद्धता
बुधबार, १८ पुस २०८०, २० : १०

दमौली । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले देवघाटधामको धार्मिक तथा पर्यापर्यटनको विकासमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
देवघाट गाउँपालिका–५ कालीमाटीस्थित जगन्नाथ शान्ति कुञ्जको अवलोकनपपछि अध्यक्ष तिमिल्सिनाले देवघाट देशकै प्रमुख धार्मिक तथा पर्यापर्यटनका लागि महत्त्वपूर्ण स्थान भएकाले यसको विकास र प्रचारप्रसारका लागि सरकारको ध्यानाकर्षण गराउने बताए । उनले भने, “देवघाटधाममा विश्वमा प्रसिद्ध छ । यहाँको विकासका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जाहेर गर्दछु ।”
देवघाटमा धार्मिक पर्यटन र कृषिको प्रचुर सम्भावना रहेको हुँदा यी विषयमा सङ्घीय सरकारले विशेष ध्यान दिनुपर्ने र देवघाट जोड्ने विभिन्न ठाउँमा मोटरेवल पुल निर्माणका लागि बजेट विनियोजन गर्नुपर्ने गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप
-
आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई यसकारण फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस