सूर्यदर्शन सहकारी ठगी आरोपमा भोटे र अर्याल कारागार चलान

पोखरा । सूर्यदर्शन सहकारी ठगी आरोप लागेका शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटे र अर्का भविश्वर अर्याल कारागार चलान भएका छन् ।
बुधबार थुनछेक बहसपछि न्यायाधीश बसन्तजंग थापाको इजलासले उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
मंगलबार जिल्ला अदालतमा हाजिर भएका उनीहरुको बुधबार बयान सकिएको हो । प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा यसअघि २ जना पक्राउ भएका छन् ।
उपाध्यक्ष कैलाश दर्लामी र कोषाध्यक्ष कुमार रम्तेललाई विभिन्न मितिमा पक्राउ गरिएको थियो । १५ जना अझै फरार छन् । फरारहरुको खोजी भैरहेको डीएसपी विकले बताए ।
उनीहरुले बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेको आरोप छ । प्रहरीले १ अर्ब ११ करोड रुपैयाँ दावीसहित सरकारी वकिलको कार्यालयमा मुद्दा बुझाएको थियो । वकिलको कार्यालयले अदालतमा पेस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल