रौतहटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बुधबार, १८ पुस २०८०, १९ : ०९

रौतहट । रौतहटको पूर्विभेग गढीमाई नगरपालिका ६ धरमपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बुधवार भएको दुर्घटनामा घाइते भएका चालक माधव नारायण नगरपालिका ३ का २२ वर्षीय रञ्जित कुमार पण्डितको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बागमती पुलस्थित भित्र सडक खण्डमा नदीबाट बालुवा लोड गरेर धर्मपुरतर्फ आउँदै गरेको ना।२ त ८५०८ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको तथा मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित
-
कुलमानलाई ऊर्जामन्त्री खड्काको २४ घण्टे स्पष्टीकरण
-
अन्य दलसँग संघर्षभन्दा बढी नै समन्वय गर्दा पार्टी कमजोर भयो : प्रचण्ड
-
च्याम्पियन्स ट्रफीमा वर्षाले सधैँ किन लखेट्छ अस्ट्रेलियालाई ?
-
उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर छ : मन्त्री पौडेल
-
अडियो बाहिरिएपछि मन्त्रीका स्वकीय सचिवले विष खाए, उपचारका क्रममा मृत्यु