राष्ट्रियसभा निर्वाचनमा मिलेर जान ओलीकाे प्रस्ताव

काठमाडौँ । सत्ता गठबन्धनसहित नेकपा एमालेको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् ।
बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको दाबी गरेका छन् । तर त्यस विषयमा कुनै सहमति नभएको उनले बताए ।
बैठकमा गठबन्धन दलहरूबिच यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभएपनि एमालेबाट जितेको ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा दलहरूबिच सहमति नभएको उनले जानकारी दिए ।
‘एमालेबाट राष्ट्रियसभा निर्वाचनमा मिलेर जाऊँ भन्ने खालको प्रस्ताव आएको छ । एमालेको मनसाय आफूहरूलाई माइनस नगरियोस् भन्ने खालको छ’, उनले भने, ‘तर सिट बाँडफाँटमा कुनै सहमति भएको छैन । बिहीबार बिहान पुनः बैठक बस्छ ।’
यसअघि बालुवाटारमा बसेको बैठकले एमालेले सहकार्यको प्रस्ताव ल्याए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गराएको समेत उनले बताए । एमालेलाई सिट दिने विषय कांग्रेस र माओवादीको कन्डिसनल सहमति भएको पाण्डेले दाबी गरे ।
एमालेले प्रधानमन्त्रीसँग प्रस्ताव गरेको कुरा आएको छ । यसमा एमाले स्पष्ट प्रस्ताव ल्याए मात्र त्यस विषयमा छलफल गर्न सकिने पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेपालीको स्वतन्त्रता र संवैधानिक व्यवस्थाप्रति सुरक्षा निकाय प्रतिबद्ध छ : राष्ट्रपति
-
शंखमुलमा शव फेला
-
यी हुन् एक हजार दर्शक पनि नपाएका ११ नेपाली फिल्म
-
पूर्व राजालाई जति धोए पनि सफा बनाउन सकिँदैन : गगन थापा
-
हेरिटेज वाकको काम प्रभावकारी नभएको भन्दै उपप्रधानमन्त्री सिंहले जनाए असन्तुष्टि
-
वार्ता र संवादद्वारा एकताको वातावरण बनाउन एनआरएन अभियन्ता शर्माले गरे अपिल