नेकपा विभाजनका कारण जनतामा निराशा बढ्यो : उपमहासचिव पुन
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनका कारण जनतामा निराशा बढेको बताएका छन् ।
मार्क्सवादी अध्ययन केन्द्रले बुधबार राजधानीमा गरेको ‘आजको वामपन्थ’ शीर्षकको राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्ने क्रममा पुनले पछिल्लो समय जनता निराश हुनुको प्रमुख कारण नेकपा विभाजन भएको बताए ।
पुनले नेकपा बचाउन नसक्नुमा शीर्षस्थ नेताहरु दोषी रहेको भन्दै त्यसको जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । ‘नेकपाको एकता टिकाउन सक्नुपर्थ्यो’, पुनले भने, ‘म पनि त्यतिखेरको सरकारको मन्त्री भएका कारण जिम्मेवारी त लिन्छु, तर मुख्य जिम्मेवारी नेताहरुले नै लिनुपर्छ ।’
पुनले कहिले शान्तिपूर्ण र कहिले संघर्षको धाराबाट आएका एमाले र माओवादीबिच प्रमुख कार्यदिशामा मतान्तर नरहेको पनि बताए । उनले झापादेखि एमालेले गरेका संघर्षको स्वामित्व आफूहरुले लिने भन्दै १० वर्षे माओवादी जनयुद्धको स्वामित्व लिन र शान्ति प्रक्रियाका बाँकी काममा सहकार्यको हात बढाउन पुनले एमाले नेतृत्वलाई आग्रह गरे । ‘०६२/०६३ को जनआन्दोलन कम्युनिष्टहरुको नेतृत्वमा भएको हो । त्यसको स्वामित्व लिऔँ’, पुनले भने, ‘एकअर्काप्रति लक्षित घोचपेच छाडेर शान्ति प्रक्रियाका काममा सहकार्य गरौँ ।’
पुनले तत्कालै वर्तमान सत्ता गठबन्धन र सरकार परिवर्तन नभए पनि शान्ति प्रक्रियाको पूर्णता, गणतन्त्रसहित राजनीतिक परिवर्तनमाथि दक्षिणपन्थी शक्तिबाट हुन थालेका प्रहारको प्रतिवाद तथा संविधान कार्यान्वयनसहित देश विकासका एजेण्डामा एमाले–माओवादी सहकार्यको विकल्प नरहेको औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान
-
मन्त्रिपरिषद् निर्णय : ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप
-
अमेरिकामा अडानीविरुद्ध पक्राउ पुर्जी जारी गरेको पुष्टि
-
प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट