एनसेल खरिदबिक्री प्रकरण : छलफलका लागि २५ मा दुवै पक्षलाई बोलाइयो
बुधबार, १८ पुस २०८०, १७ : ५०

काठमाडौँ । उच्च अदालत पाटनले एनसेल खरिदबिक्री प्रकरणमा पुस २५ गते छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । बुधबार उच्च अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र नारायण प्रसाद रेग्मीको संयुक्त इजलासले यही पुस २५ गते अन्तरिम आदेश दिनका लागि छलफलमा बोलाउन आदेश दिएको हो ।
अदालतले आक्जियाटा समूह र कम्पनी रजिस्टारको कार्यालयलाई छलफलका लागि बोलाएको छ । अदालतले २५ गतेसम्म मंसिर २१ गतेमा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्न भनेको छ ।
अदालतले मलेसियन कम्पनी एक्जियाटा र स्पेक्ट्रोलाइट यूकेका नाममा ईमेल गरेको प्रमाणसहित ‘द राइजिङ नेपाल’मा म्याद तामेलीको सूचना प्रकाशित गर्न आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चैतमा ८ फिल्म : स्टारको दबदबा र कथामा भेराइटी
-
आईपीएल सुरु हुनुअघि कोलकातालाई झट्का, घाइते भए तीव्र गतिका बलर
-
किसान र शिक्षकको योगदानलाई समाजले कदर गर्न जानेन कि !
-
सचिन तेन्दुल्करको कप्तानीमा रहेको भारतले जित्यो आईएमएलको उपाधि
-
गेटामा मेडिकल विश्वविद्यालय : राजनीतिक प्रतिबद्धताको बाढी, प्रगति सुस्त
-
‘नेताहरूको इच्छाशक्ति अभावका कारण मेडिकल कलेज सञ्चालन हुन सकेन’