भिजिट भिसा प्रकरणमा धरपकड गरेको भन्दै विमानस्थल अध्यागमनमा ‘हडताल’ !
बुधबार, १८ पुस २०८०, १६ : ५७

काठमाडौँ । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै विमानस्थलका कर्मचारी हडतालमा उत्रिएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार ३:३० बजेदेखि हडताल सुरु गरेका हुन् ।
विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग गरेका छन् । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अन्य कर्मचारीमाथि पनि पक्राउ पुर्जी आएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
अहिले आधा कर्मचारीले मात्रै काम गरिरहेका छन् र काम पनि एकदमै ढिलो गरिरहेका छन् । अध्यागमनका २४ मध्ये ६ वटा काउण्टर मात्रै चलाइएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्तिमा कांग्रेस र एमालेको हानथाप : छनोट समिति र अर्थ मन्त्रालय निरीह
-
सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक : पूर्वउपराष्ट्रपति झा
-
केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो
-
प्रधानमन्त्रीसमक्ष आगामी नीति तथा कार्यक्रमका लागि एमालेको सुझाव हस्तान्तरण
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
-
दुवैमा नेपाली सेफको माग छ ?