जिससको ९ सय २५ दरबन्दी स्वीकृत
बुधबार, १८ पुस २०८०, १५ : ४२

काठमाडौँ । सरकारले जिल्ला समन्वय समिति (जिसस) को ९ सय २५ दरबन्दीलाई स्वीकृत गर्दै निजामती किताब खानामा दर्ता गरेको छ । ७७ वटै जिल्लामा जिल्ला समन्वय अधिकारीदेखि सवारी चालकसम्मको दरबन्दी स्वीकृत गरेको हो ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिससलाई परिपत्र गर्दै दरबन्दीअनुसार काम गर्न निर्देशित गरेको छ । यसअघि २०७५ पुस ९ मा दरबन्दी सिर्जना भए पनि किताब खानाले अद्यावधिक गत भदौमा गरेको थियो ।
सामान्यका सचिव विनोदप्रकाश सिंहले अद्यावधिक गरिएको दरबन्दी स्वीकृत गरेका छन् । समितिको प्रमुखको निजी सचिवालयमा रहने राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा समितिको कुनै कर्मचारी खटाउन वा करारमा नियुक्त गर्न सकिने जनाइएको छ ।
परिपत्रमा यसरी करारमा नियुक्त गरेको कर्मचारी समिति प्रमुखको पदावधि सकिएको अवस्थामा स्वतः अवकाशमा जाने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम