भैरहवामा पूर्वराजा शाहसँग राप्रपाका शीर्ष नेताको ‘लञ्च मिटिङ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शीर्ष नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सामूहिक भेटेका छन् । रुपन्देहीमा रहेका पूर्वराजा शाहलाई राप्रपाका शीर्ष नेताले भेटवार्ता गरेको तस्बिरसहित नेता रविन्द्र मिश्रले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
पूर्वराजा शाहसँगको तस्बिरमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसहित नेताहरु रविन्द्र मिश्र, बुद्धिमान तामाङ, धवल शमशेर राणा, दिपकबहादुर सिंह देखिन्छन् ।
नेताहरुसँगको भेटका क्रममा पूर्वराजा शाहले आफू ऐतिहासिक संसंस्थाको प्रतिनिधित्व गरिरहेको र सबैलाई एकताको सुत्रमा बाध्ने काम गरेको बताएका छन् ।
‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ । म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु । मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो । सबै नेपाली मेरो लागि बराबर छन्’, भैरहवामा भएको सामूहिक भेटका क्रममा भएको शाहको भनाइ उधृत गर्दै नेता मिश्रले भनेका छन् ।
भेटमा सहभागी नेता तामाङले पूर्वराजा शाहसँग आफूहरुले लञ्च मिटिङसहित भेटवार्ता गरेको भन्दै यो नियमित भेटवार्ता भएको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री ओली र फुटबल लिजेन्ड रोबर्टो कार्लोसबिच भेट (तस्बिरहरु)
-
प्रतिनिधिसभाको बर्खे अधिवेशनका बैठक शनिबार बाहेक सबै दिन बसाल्न प्रस्ताव
-
राजदूतद्वय नेपाल र पण्डितलाई माल्टा र साइप्रसको पनि जिम्मेवारी
-
प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत १० वर्षसम्म संघबाटै पठाइने
-
६ किलो अवैध चाँदी प्रहरीद्वारा बरामद
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने